शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह



बुधबार २२ , बैशाख २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सरकारका प्रवक्ताले भन्नुभयो,“यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्”, मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिनुभएको छ । उहाँका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले उहाँले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिनुभएको छ । कोभिड–१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उहाँको भनाइ थियो । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गर्नुभयो । सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

Featured News

Advertisement