शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेकाे कसुरमा आठ वर्ष कैद सजाय



बुधबार २२ , बैशाख २०७८

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसार्इँले जानकारी दिनुभयो । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईँले बताउनु भयो । पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

Featured News

Advertisement