दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढदै ५८ को मृत्यु , ८६५९ संक्रमित
बुधबार
२२ ,
बैशाख
२०७८
Tamor Khabar
478
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३७२ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ८ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको सवस्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, १ हजार ९९३ जना संक्रमितहरु निको भएका छन् ।








