बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

ताप्लेजुङमा थप ३२ जनामा कोरोना संक्रमण



बुधबार २२ , बैशाख २०७८

ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । 

ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् । 

यसअघि १९ जना सक्रिय संक्रमित थिए । बुधबार पाथीभरा क्याम्पस लाइन, अस्पताल र खोक्लिङमा संकलन गरेर पठाइएको स्वाबको नतिजा आएको हो । 
फुङलिङ बजारको तोक्मेक्षेत्रका ५८ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

वैशाख ९ गतेयता जिल्लामा कोरोनाबाट तीनजनाले ज्यान गुमाइसकेका छन्।

Featured News

Advertisement