शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ



सोमबार २० , बैशाख २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रममा अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । कप्र२–००१–क ०१२१ नंको मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका सामानभित्र अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्लाका विभिन्न स्थानमा ढुवानी गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भानुचोकबाट चालक शाहीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको रु पाँच लाख बराबरको २५ बोरा लिप्स नामको सुर्तीसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

Featured News

Advertisement