बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु , ७ हजार २११ जनामा कोरोना संक्रमण



आईतवार १९ , बैशाख २०७८

१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।

Featured News

Advertisement