शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह : प्रदेश प्रमुख कलौनी



शनिबार १८ , बैशाख २०७८

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले कोरोना महामारीमा रोजगारी खोसिएका श्रमिकहरुको अधिकार रक्षा र सुनिश्चितताका लागि उचित प्रबन्ध गर्न सम्बन्ध सबैको ध्यान आकृष्ट गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीविलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु । विशेषगरी, कोरोना महमारीको यो जोखिमपूर्ण अवस्थामा आफ्नो जीवन जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरुलाई धन्यवाद व्यक्त गर्दछु । श्रमिकहरुको मनोबल कमजोर नहुन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु ।” नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म ल्याई पु¥याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेशप्रमुख कलौनीले अन्तरराष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरुका लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बनोस् भन्ने कामना गर्नुभएको छ ।

Featured News

Advertisement