पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु , ५,७६३ जनामा संक्रमण पुष्टि
शनिबार
१८ ,
बैशाख
२०७८
Tamor Khabar
312
१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







