"/>
शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

दुर्घटना भएको १५ वर्ष पछि धवलागिरी बेसक्याम्प नजिकै फेला पर्याे 9N-ACR हेलिकप्टर तथा मानव अवशेष



शुक्रबार १७ , बैशाख २०७८

“सफा हिमाल अभियान २०२१” अन्तर्गत फोहोर संकलन गर्ने क्रममा मिति २०७८/०१/१५ गते धवलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ (दुई) वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ कि.मि. ईटालि बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको छ । मृतकहरुको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानविन भइरहेको छ भने हेलिकप्टरको सम्बन्धमा Air Dynasty को सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

साथै, उक्त मानव अवशेषहरु व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको छ । सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने पवित्र उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन् । मिति २०७८/०१/१२ गतेबाट फोहोर संकलन शुरू गरिएकोमा हिजो मिति २०७८/०१/१६ गतेसम्म Bio-degradable (सड्ने/कुहिने) ३५५ के.जी. र NonBio-degradable ४,७९९ के.जी. गरी जम्मा ५.१५४ के.जी. फोहोर संकलन भएको छ ।

No description available.

Featured News

Advertisement