गण्डकी प्रदेश : दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री
बिहीबार
१६ ,
बैशाख
२०७८
Tamor Khabar
354
दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ मन्त्री बनेका छन् ।
उनलाई केहीबेरमा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको शपथ गराउन लागिएको हो । मुख्यमन्त्री स्रोतका अनुसार उनलाई केहीबेरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् ।
नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।
सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।








