मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश नं १ मा आज २५६ सङ्क्रमित थपिए



बुधबार १५ , बैशाख २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज २५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका १२० मध्ये विराटनगरमा १०५, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा दुई, उदयपुर र भोजपुरमा एक÷एक तथा प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ९० पुगेको छ भने सङ्क्रमितमध्ये ३० हजार छजना सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३७७ पुगेको छ । सोही अवधिमा प्रदेशमा ८४३ जनाको पीसीआर परीक्षण गर्दा ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगरमा मङ्गलबार ६४ जना सङ्क्रमित भएका थिए । –––

Featured News

Advertisement