मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १९१२



सोमबार १३ , बैशाख २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय नमूनाको पिसिआर परीक्षण र ८९३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ४ सय ४२ जना र एन्टिजेन विधिबाट ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।काठमाडौं उपत्यकामा भक्तपुरमा १२२, ललितपुरमा २२३ र काठमाडौंमा १५६७ जना गरी १९१२ संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ।गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ। 

Featured News

Advertisement