उपत्यकामा बैशाख १५ देखि लकडाउन गर्ने तयारी
काठमाडौं । उपत्यकाभित्र कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लकडाउन गर्ने तयारी भएको छ।
आइबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी तीनै जिल्लामा लकडाउन गर्न लागिएको हो ।
साथै, सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको जनाइएको छ।
आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसीको निर्णय रहेको बताइएको छ ।
पर्यटनमन्त्री भानुभक्त ढकालले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति भयवह हुने बताइसकेका छन् ।








