मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

एनएसएलमा बुटवल लुम्बिनीको विजयी सुरुवात



आईतवार १२ , बैशाख २०७८

१२ वैशाख, काठमाडौं । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० ले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि विदेशी खेलाडी अर्मान्ड बेउडुमले एक गोल गरे । पोखराले एक आत्मघाती गोल बुटवललाई उपहार दिएको थियो । खेलको ४२ औं मिनेटमा अर्मान्ड बेयउडुमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाएका थिए । ६६औं मिनेटमा सुमन लामाको डिबक्स बाहिरबाटको गरेको प्रहार पोस्ट बारमा लागेर फर्किदा बुटवल अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरेपछि बुटवलले अग्रता दोब्बर पारे । बुटवलका अमिर श्रेष्ठको क्रस क्लियर गर्ने क्रममा अजितले रोक्न खोजेको बल आफ्नै पोस्टमा गोल भएको हो ।सुदख सुरुवात गरेको बुटवलले ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । बुटवलका अर्मान्ड खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेअर बनेका बुटवलका अमिर श्रेष्ठले १० हजार पाए ।आइतबारै भएको खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा छ । लिगमा सोमबार चितवन एफसी र ललितपुर सिटी एफसीबीच एक मात्र खेल हुनेछ ।

Featured News

Advertisement