झापामा करेन्ट लागेर बालिकाको मृत्यु
शनिबार
११ ,
बैशाख
२०७८
Tamor Khabar
331
विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । –––








