मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी



शनिबार ११ , बैशाख २०७८

नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि सिरिज’ घोषित हुनुभएको हो । प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभयो । उहाँले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाउनुभयो । भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । उहाँले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमानसमेत बनाउनुभएको छ । यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बन्नुभएको छ । उहाँले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएका लामिछानेले १०१ खेलमा १३८ विकेट लिनुभएको छ । –––

Featured News

Advertisement