शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

काठमाडौंबासीलाई आज दीपावली मनाउन प्रधानमन्त्री ओलीको आग्रह



शनिबार ११ , बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमडौंबासीलाई दीपावली मनाउ आग्रह गर्नुभएको छ । शनिबार पुनर्निमित ऐतिहासिक धरहरा समुद्घाटन समारोहपछि बोल्दे यो खुसीको क्षणमा काठमाडौंबासीलाई दीपावली मनाउन आग्रह गर्नुभएको हो ।उहाँले भन्नभुयो, ‘पुनर्निर्मित धरहराको फेदमा हामी यो कार्यक्रम मनाइरहेका छौँ । यतिबेला काठमाडौंबासी दिदी बहिनी तथा दाजुभाइमा जुन गर्व अनुभुति छ, त्यसमा सरिक हुन चाहन्छु । आज यो उपलक्ष्यमा काठमाडौंबासीले दीपावली गर्नुहुने विश्वास लिएको छु । कमसेकम यो खुसीको क्षणमा दीपावली गर्न सक्छौँ र दीपावली गर्न आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीका अनुसार धरहरा पुनर्निमाण मात्र नभए रानीपोखरीको पुनर्निमाण र मेलम्चीको पानी पनि काठमाडौंमा ल्याइपुर्याइएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धरहरा निर्माण हुँदोरहेछ भयो, रानीपोखरो बन्यो, मेलम्चीको पानी आयो । अब, भृकुटीमण्ड, टुँडिखेलको डिजाइन दुई तीन वर्षभित्र हुन्छ । काठमाडौं विश्वका मानिसलाई आउ आउ जस्तो, फर्र्किंदा फेरि भ्रमण गर्नु काफी छैन फेरि एकपटक आउनुपर्छ भन्ने बनाइनेछ ।’

यसैगरी आज अर्काे ऐतिहासिक दिन अर्थात् १५ वर्षअघि लोकतन्त्र प्राप्ति भएको उहाँले बताउनुभएको छ । र, लोकतन्त्र दिवसको अवसरमा सबैलाई प्रधानमन्त्री ओली शुभकामना दिनुभएको छ ।

नेपाली जनतालाई सुखी बनाउन सबै आ–आफ्नो ठाउँबाट लागिपर्न उहाँको आह्वान रहेको छ ।

via: news24nepal

Featured News

Advertisement