मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन



शनिबार ११ , बैशाख २०७८

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्नुभएको हो । समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य राम अशिष यादव रहनुभएको छ । त्यसैगरी बैठकले २५ जनाभन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णयसमेत गरेको छ ।

Featured News

Advertisement