शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

मोटरसाइल दुर्घटना तीनको मृत्यु



शुक्रबार १० , बैशाख २०७८

यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिनुभएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए । –––

Featured News

Advertisement