शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

ट्रकको ठक्करबाट महिलाको मृत्यु



बिहीबार ९ , बैशाख २०७८

मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ । रुखको हाँगाले लागेर बालकको मृत्यु कमल गाउँपालिका– ५ सीतापुरीका आठ वर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज दिउँसो ११ बजे बुवासँग सोही स्थानमा रहेको माई वृक्षरोपक्षको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि दमक अस्पताल दमकमा पु¥याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । –––

Featured News

Advertisement