राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको अनुगमन
भौतिक विकास तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको अनुगमन गर्नुभएको छ । मन्त्री नेम्बाङले कर्णाली करिडोरको सडक आयोजनामार्फत जिल्ला सदरमुकाम सिमकोट पु¥याउने कुरामा बजेटको कुनै समस्या नभएको बताउनुभयो । सरकारले सिमकोटमा गाडी पु¥याउन निकै प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सडकलाई यथाशक्य पु¥याउनको लागि आफू स्थलगत अनुगमनका लागि हुम्ला आएको बताउनुभयो ।” कर्णाली करिडोरको बाँकी काम नेपाली सेनालाई दिम्मा दिन जिल्लाका दलले सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको सिमकोटसम्म ट्रयाक खोल्ने जिम्मा तत्काल नेपाली सेनालाई दिन हुम्लाका सम्पूर्ण राजनीतिक दलहरुले आग्रह गरेका थिए । लामो समयदेखि हुम्लालाई सडक सञ्जालमा जोड्ने कुरा उठाए पनि काम निकै सुस्त भएको उल्लेख गर्दै जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले सरकारसँग आग्रह गरेका हुन् ।







