शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

टोखामा ‘मेयर उज्यालो कार्यक्रम’ शुभारम्भ



सोमबार ६ , बैशाख २०७८

टोखा नगरपालिकामा ‘मेयर उज्यालो कार्यक्रम’ को शुभारम्भ गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको ग्रीनल्याण्ड चोकमा आज साँझ सडक बत्ती बालेर ‘मेयर उज्यालो कार्यक्रम’ को शुभारम्भ गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको गौरवको योजनाअनुसार मेयर उज्यालो कार्यक्रमको शुरुआत गरिएको जानकारी दिनुभयो । सडकबत्ती जडानसँगै टोखाभित्र रातको समयमा हुने आपराधिक कार्यमा कमी आउने उहाँको भनाइ थियो । टोखाले उक्त कार्यक्रमअन्तर्गत सामाखुशी चोकदेखि ग्राण्डी अस्पताल हुँदै टोखा गेटसम्म, सहेन्शा चोकदेखि दाहालगौँडा हुँदै ग्रिनल्याण्ड चोकसम्म, गोँगबु चोकदेखि जालपा चोक हुँदै धनेश्वर मन्दिरसम्म, नेचर चोकबाट भगवती चोक हुँदै आसपास क्षेत्रमा सडकबत्ती जडान गरेको छ । यस्तै, नयाँ बसपार्कदेखि विष्णुमति करिडोर हुँदै भत्केकोपुलसम्म, जालपाचोकदेखि सूर्यदर्शन हाइट हुँदै भूतखेलसम्म, टोखा गणेशस्थानदेखि चण्डेश्वरी मन्दिरसम्मको बाटो, बसुन्धरा चोकदेखि सामाखुशी खोला हुँदै भेटघाटचोकसम्म, बसुन्धरा बजार क्षेत्र र सामाखुशी चोकबाट भण्डारी चोक ओमशान्ति सामुदायिक भवनसम्म जडान गरेको छ । टोखाले मेयर उज्यालो कार्यक्रमका लागि चालू आवमा रु एक करोड ६६ लाख ३१ हजार बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले राससलाई जानकारी दिनुभयो । टोखाले महानगरीय प्रहरीको समन्वयमा टोखाका मुख्यमुख्य चोकमा सिसी क्यामेरासमेत जडान गर्न लागेको छ । नगरपालिकाले टोखाको मुख्य चोकमा सिसी क्यामेरा जडानका लागि चालू आवमा रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।

Featured News

Advertisement