शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

पूर्व मन्त्री सुवाल रहेनन्



सोमबार ६ , बैशाख २०७८

समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उहाँ लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिनुभएका उहाँ कुनै बेला काठमाडौँ नगरको मेयर पनि हुनुहुन्थ्यो । उहाँले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

Featured News

Advertisement