शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

शनिबार राति आएको हावाहुरीले फेरि त्रिशूलीमा खसाल्याे २४ करोडमा बन्दै गरेको पक्की पुल



आईतवार ५ , बैशाख २०७८

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने  त्रिशूली नदीमाथि बनिरहेको पुल भत्किएको दुई हप्ता नबित्दै त्रिशुली नदीमा थप दुई वटा निर्माणाधीन पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार शनिबार राति आएको हावाहुरीले त्रिशूली नदीमा बनिरहेका दुईवटा पुलमा क्षति पुर्‍याएको हो ।

धादिङको मासटारबाट केउरनीटार जोड्ने पुलको फलामे संरचना भाँचिएर नदीमा खसेको छ । स्टिल ट्रस प्रविधिमा बनिरहेको सो पुलको आधा भाग ढलान भइसकेको छ भने अर्को भाग ढलानका लागि स्टिल फिक्स गरेर रंगरोगन गरिएको थियो । तर, सोही अवस्थामा आएको हुरीले ५० मिटर लामो फलामको भागलाई नदीमा खसालेको विभागले जनाएको छ ।

यो पुल २३ करोड ७५ लाख रुपैयाँ लागतमा बन्दै गरेको थियो । २०७३ को असारमा तुँदी, लामा र सपना जेभीले यो पुल निर्माण्को ठेक्का लिएका थिए । २०७७ मंसिर १३ गते निर्माण सक्नुपर्ने ८० मिटर स्टिल पार्ट राख्नु पर्ने थियो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिव नेपालका अनुसार मासटारमा पुल भत्किएको घटनाबारे छानविन गर्न विभागले विभागका निर्देशक डा. विजय जैसीको संयोजकत्वमा एक विभागीय छानविन समिति बनाएको छ । सो समितिलाई पुल कसरी भत्कियो भन्नेबारे अध्ययन गरेर प्रतिवेदन ल्याउन जिम्मा दिइएको छ ।

‘यो घटनाबाट पाठ सिकेर स्टिल ट्रस ब्रिजको निर्माणका बेला हुने त्रुटिलाई सच्याउन सकिनेछ,’ नेपालले भने,‘सकेसम्म यस्ता घटना हुन नदिने के गर्ने भनेर समितिले सुझाव दिनेछ ।’

शनिबार नै गोरखालाई चितवनको फिस्लिङसँग जोड्ने निर्माणाधीन पक्की पुल पनि भासिएको छ । सो पुलमा ठूलो क्षति नपुगेकाले निर्माणका बेला सुधार गर्न सकिने नेपालले बताए ।

Featured News

Advertisement