मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

नीति र एजेण्डा कांग्रेसको नयाँ नेतृत्व चयनको आधार : नेता सङ्ग्रौला



शनिबार ४ , बैशाख २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता र संरक्षणमा प्रतिबद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको हो । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सङ्ग्रौलाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट शुरु भएको दावी गर्नुभयो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा खोप लगाउने कार्यप्रतिसरकार जिम्मेवार बन्न नसकेको आरोप पनि लागाउनुभयो ।

Featured News

Advertisement