जन्ति जादैँ गरेको बस इटहरीमा दुर्घटना, एकको अवस्था गम्भीर
शनिबार
४ ,
बैशाख
२०७८
Tamor Khabar
333
इटहरीको मुख्य चौक नजिकै बस दुर्घटना भएको छ । ना ५ ख ११११ नम्बरको बस र मोटरसाइकल ठोक्किदाँ एकको अवस्था गम्भीर भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २८ वर्षीय एक युवक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको पहिचान भइनसकेको प्रहरीले जनाएकोछ ।
प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको जन्तिको बससँग पश्चिम जाँदै गरेको मोटरसाइकल ठोक्किएको थियो ।
थप विवरण आउन बाँकी छ ।
via : takura news








