करेन्ट लागेर धनुकटामा एकजनाको मृत्यु
शनिबार
४ ,
बैशाख
२०७८
Tamor Khabar
422
धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
५३ वर्षीय चन्द्रबहादुर कार्कीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।








