मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

सरकार ढाल्ने खेलको प्रतिवाद गरौं : ईश्वर पोखरेल



शनिबार ४ , बैशाख २०७८

४ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानीले काम गर्ने वातावरण नै नभएको बताएका छन् । उनले सरकार ढाल्ने खेल भइरहेको भन्दै त्यसको खबरदारी गर्न आह्वान पनि गरे ।

शनिबार काठमाडौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेलविरुद्ध सबैले प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

‘जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ,’ उनले भने, ‘गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’ जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो मुलुकका लागि राम्रो नहुने उनले बताए ।

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।

Featured News

Advertisement