शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित : भुसाल



बिहीबार २ , बैशाख २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित नहुने बताउनुभएको छ । सिद्धार्थ नगरपालिका–३ दरखसवामा खेल मैदानको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “म लोभ र डरबाट कहिल्यै प्रभावित हुनेछैन ।” भुसालले राजनीति गर्ने मान्छे लोभ र डरबाट टाढा बस्न सक्यो भने मात्रै पनि भ्रष्टाचार धेरै कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कमाउने, खाने र बाँड्ने काममा राजनीतिक नेतृत्व लागेन भने कर्मचारीले राम्रो काम गर्छन् ।” उहाँले नेपालका नगरपालिकामध्येको सिद्धार्थ नगरपालिकाले जे पूर्वाधारमा काम गर्दैछ, त्यो महत्वपूर्ण भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सिनपाले पूर्वाधार निर्माणमा असाधरण काम गरेको छ”, सङ्घीय सांसद भुसालले मिठो बोलेर पैसा खानुभन्दा चर्काे बोलेर काम गर्नु राम्रो हो भन्दै सिनपाका प्रमुख हरिप्रसाद अधिकारीको सार्वजनिक कार्यक्रममै उच्च प्रशंसा गर्नुभयो । भुसालले हरेक नीतिहरूको राजा राजनीति भएको भन्दै नयाँ वर्ष २०७८ मा हरेक नागरिकले राजनीतिमा अझ बढ्ता चासो होस् भन्ने कामना गर्दै भन्नुभयो, “राजनीतिलाई सही बाटोमा हिँडाउन आम नागरिकले सचेत गराउनु पर्दछ ।” कार्यक्रममा पूर्वमन्त्री हकिकुल्लाह खाँले समृद्धिका लागि सबैको एकता जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक किचलो बन्द होस् । नयाँ वर्षमा राजनीतिक किचलो हराउनुपर्छ ।” कार्यक्रममा सिनपाका प्रमुख अधिकारीले सबैको सहयोग र सहकार्यले गर्दा नगरमा उल्लेखनीय काम भइरहेको बताउनुभयो । साढे तीन बिघा क्षेत्रफलमा निर्माण हुने खेल मैदानले खेल क्षेत्रको विकासमा टेवा दिने उपप्रमुख उमा काफ्लेले बताउनुभयो । सो अवसरमा खेलमैदानसम्म जाने बाटोका लागि करिब रु अढाइ करोडको जग्गादान गर्ने लक्ष्मण पन्थी र राधा उपाध्ययलाई सम्मानसमेत गरिएको थियो ।

Featured News

Advertisement