शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

भुस्याहा कुकुरको टोकाईबाट हेटौडामा दुर्लभ चित्तलहरु मर्न थाले



सोमबार ३० , चैत्र २०७७

हेटौंडामा भुस्याहा कुकुरको आक्रमणबाट श्रृंखलाबद्धरुपमा दुर्लभ वन्यजन्तु चित्तल मर्न थालेका छन् । हेटौंडा १० वन विज्ञान अध्ययन संस्थानको जंगलमा रहेका चित्तलहरु कुकुरको आक्रमणबाट मर्न थाले पनि यस्को संरक्षणमा सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।

हेटौंडा १० वन विज्ञान अध्ययन संस्थानदेखि राप्ती खोलासम्म फैलिएको जंगल क्षेत्रमा चित्तल र मृगहरुको वासस्थान रहेको छ । चित्तल र मृगहरुको वथान घना सदाबहार जङ्गल तथा मिश्रित सदाबहार जङ्गलहरू र खुल्ला घासेमैदानहरूमा ठूलो मात्रामा पाइन्छन् ।

नेपालको तराई क्षेत्र तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा यिनीहरूको बाक्लो उपस्थिति छ । वन–विज्ञान अध्ययन संस्थान हेटौंडाको जंगलमा भएका वन्यजन्तुहरु भुस्याहा कुकुरदेखि असुरक्षित बनेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साईडमा लगाईएको तारबारमा चित्तलहरु अल्झने गरेका छन् । त्यही समयमा भुस्याहा कुकुरको आक्रमणबाट चित्तल मारिने गरेका छन् ।

चालु आर्थिक वर्षको चैत ३० गतेसम्म १० वटा वन्यजन्तुको मृत्यु भएको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ । मृत्यु हुनेमा ६ वटा भाले चित्तल,एउटा पोथी चित्तल , एउटा बच्चा चित्तल , एउटा निर बिरालो र एउटा रतुवा मृग छन् । मृत्यु भएका १० वटा वन्यजन्तु मध्ये नौँ वटा बन्यजन्तुको मृत्यु कुकुरको टोकाईबाट भएको हो ।

श्रृंखलाबद्धरुपमा भुस्याहा कुकुरको आक्रमणबाट वन्यजन्तु मर्न थालेपछि वन विज्ञान अध्ययन संस्थानको परिसरभित्र प्रवेश गर्ने गेट सधै खुल्ला हुुने, पर्खालमा तारबार व्यवस्थित नभएको र खुल्ला सिमानाका कारण भुस्याहा कुकुरहरु जंगलभित्र छिर्ने गरेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी सुजन खतिवडाको भनाइ छ ।

श्रृंखलाबद्ध रुपमा बन्यजन्तुको मृत्यु हुने क्रम नरोकिए पछि वन विज्ञान अध्ययन संस्थानमा अध्यनरत विद्यार्थीहरुले पर्खालमा तारबारलाई मर्मत गर्ने सरसफाई गर्ने काम र वन्यजन्तुको संरक्षणमा अन्य बिभिन्न उपाय अवलम्बन गरेका छन् ।

बन्य जन्तु संरक्षणका लागि उपमहानगरपालिका ,वन कार्यालय र वन विज्ञान अध्ययन संस्थाले भने कुनै प्रयास गरेको देखिदैन । सरोकारवाला निकायको चासो नदेखाउँदा वन्यजन्तु नाश हुन सक्ने खतरा बढेको छ ।

Featured News

Advertisement