चितवनको आंमपानीस्थित चिउडे खोलामा ट्याक्टर दुर्घटना हुँदा ५ को मृत्यु
आईतवार
२९ ,
चैत्र
२०७७
Tamor Khabar
517
चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका–११ आंमपानीस्थित चिउडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ ।
आइतबार (आज) साँझ ७ः३० बजे थाकलटारबाट चिउडे खोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ५ को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुमानित २०/२५ जना सवार उक्त ट्याक्टर सडकबाट करिब २ सय मिटर तल ट्याक्टर खसेको छ ।
उक्त ट्याक्टरमा सवार अन्य घाइतेहरुको सीएमएस र सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








