शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

बर्दियामा हात्तीको आक्रमणबाट मृत्यु



आईतवार २९ , चैत्र २०७७

बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउनेक्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो । सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

Featured News

Advertisement