शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

नेपालमा गैँडाको सङ्ख्या बढेपछि मन्त्री आले खुशी



शनिबार २८ , चैत्र २०७७

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गर्नुभएको छ । चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गर्नुभएको हो । पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योगदान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको योगदान अहिले सफल हुँदै आएको छ, जसको परिणाम आज सार्वजनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।” नेपालमा गैडाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास गर्नुभएको छ । यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा भेटिएका हुन् ।

Featured News

Advertisement