“चोरी कार्यमा सम्लग्न कुखुरे समूह पक्राउ”
बिगत ४/५ बर्ष देखि बिशेषत बालाजु , महाराजगंज समेतका एरियालाई बेश बनाई काठमाडौं उपत्यका भित्रका बिभिन्न स्थानमाहरुमा दिनको समयमा मानिस नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७७/०९/१९ गते दिनको समयमा का.जि. टोखा न.पा. वडा न ८ स्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारी कोठामा रहेको ४० ईन्च को LED TV सहित सुनका बिभिन्न गर गहना समेत गरि अन्दाजि रु १३,६१०००/- ( तेर्ह लाख एकसठ्ठ हजार मात्र ) बराबरको धनमाल चोरी कार्यमा संलग्न रहेका कुखुरे भनि चिनिने राजेश लामिछानेको समुह तथा चोरी गरेका सामान चोरीको हो भन्ने थाहा पाई खरिद गर्ने निम्न मानिसहरुलाई चोरी गरि लगेको ४० ईन्चको TV,मोवाईलहरु तथा सुनका गर गहना सहित पक्राउ गरि आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त,महाराजगंज पठाई थप अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ व्यक्ति:-
१) नाम:– राजेश लामिछाने
उपनाम: कुखुरे
उमेर :– २५ बर्ष
ठेगाना:– जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न २९
हालको ठेगाना:- का.जि. बालाजु मनमौजु
२) नाम:– भिम तामाङ
उमेर :– २५ बर्ष
ठेगाना:– जिल्ला नुवाकोट बेलकोट गढि न.पा. वडा न ७
हालको ठेगाना:- का.जि. तारकेश्वर न.पा. वडा न ५ लोलाङ
३) नाम:– रितेश लामा
उमेर :– २३ बर्ष
ठेगाना:– जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा न ४
हालको ठेगाना:- का.जि. तारकेश्वर न.पा. वडा न ४
४) नाम:– बिलाष खतिवडा
उमेर :– २७ बर्ष
ठेगाना:– जिल्ला धादिङ सिद्धलेख गा.पा. वडा न ४
हालको ठेगाना:- का.जि. तारखेश्वर न.पा. वडा न ४
५) नाम:– नवराज सदाशंकर
उमेर :– २८ बर्ष
ठेगाना:– जिल्ला धादिङ धुनेबेशी न.पा. वडा न ९
हालको ठेगाना:- का.जि. तारखेश्वर न.पा. वडा न ४
(सुन पसल संचालक )
बरामद सामानहरु:-
१. मोबाईल थान ४
२. LED TV थान १
३. सुनका गर गहना ३ तोला ४० लाल बरामद गरेकाे छ ।
.png)







