फेरि बढ्न थाल्याे काेराेना संक्रमित संख्या, पछिल्लो २४ घण्टामा ४ को मृत्यु ,२६६ जना संक्रमित
काठमाडौं, २३ चैत । मुलुकमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा २ सय ६६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भए, ४ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय २ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय २ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५३६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।








