शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

कर्मचारीले गरे अनिश्चितकालीन कामकाज बन्द



आईतवार २२ , चैत्र २०७७

तनहुँको भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् । नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन् । चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको जस्तो झुटो आरोप लगाई प्रहरीलाई खबर गरी प्रहरी सहितको टोलीले डरधम्की दिई जबर्जस्ती मुचुल्कामा सही छाप गर्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “कर्मचारीलाई प्रहरी हिरासतमा राख्ने जस्ता निन्दनीय र अपमानजनक क्रियाकलाप भएको प्रति सम्पूर्ण कर्मचारी मर्माहत छौँ”, विज्ञप्तिमा भनिएको छ ।

Featured News

Advertisement