तुम्बेवा पंम्पिङ खानेपानी योजना समितिकै कारण प्रभावित
पाँचथरको तुम्बेवा गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजना समितिकै कारण प्रभावित भएको छ । २०७४ सालदेखि सुरु भएको योजनामा उपभोक्ता समितिले जनसहभागित नजुटाउँदा प्रभावित भएको हो ।
कन्काई प्रेरा जेभीले भ्याट सहितको ४५ करोड २० लाख १ हजार ४ सय ४६ रुपैयाँमा ठेक्का लिएको थियो । योजना संचालन भएको तीन वर्षमा ८४.२५ प्रगति गरेको छ । बाँकी १६ प्रतिशत काम केही महिनामै सम्पन्न हुने दावि गर्दै आएको छ ।
योजनाको १० प्रतिशत जनश्रmमदान उपभोक्ता समितिले गर्नुपर्ने हुन्छ । त्यो मध्ये १ प्रतिशत गाउँपालिकाले सहयोग गरेको छ । बाँकी रहेको ९ प्रतिशत जनश्रमदा जुटाउँन नसक्दा योजना प्रभावित भएको हो ।
निर्माण कम्पनीले योजनाको काम पूरा गर्न लागेको छ । समितिले जनसहभागित जुटाउँन नसक्दा योजना अलपत्र हुन लागेको निर्माण व्यवसायी चन्द्र चौधरीले बताए ।
योजनाको मुख्य पाइप लाइन, गार्ड हाउस, पंम्प स्टेशन र ट्याङकी निर्माण भइसकेको छ । समितिले गर्ने बितरण लाइन र हाउस कनेक्सनको ९ प्रतिशत जनसहभागी जुटेको छैन । यस्तो अवस्थामा योजना अलपत्र पर्ने देखिएको छ चौधरीले भने ।
गाउँपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाका १६ सय ४ घरधुरीका ८ हजार २ सय ३० जनसंख्यालाई लक्षित गर्दै योजना अघि बढेको थियो । सुरुवाती समयको १८ महिना भागबण्डाकै कारण उपभोक्ता समिति गठन हुन सकेन ।
त्यसपछि बनेको समितिले जनसहभागिता नजुटाउँदा योजना अलपत्र पर्न लागेको हो । अहिले बितरण लाइनको ३४ किलोमिटर र हाउस कनेक्सनमा जनसहभागिता जुटेको छैन । समितिका सचिव बाबुराम खड्का यो आरोप मान्न तयार छैनन् ।
उनिभन्छन् समितिले काम नगरेको भन्ने आरोप झुटो हो । हामीले गाउँपालिका मार्फत प्रधानमन्त्री स्वोरोजगार कार्यक्रमबाट ११ किलोमिटर काम गरेका छौ । कोरोनाको कारण केही समय योजना रोकीएको हो ।
अब जनसहभागी जुटाउँने बिषयमा अघि बढ्छौ । समितिको कारणले योजना अवरुद्ध हुदैन । समयमै योजनाको काममा जनसहभागीता जुटाउँछौ खड्काले दाबी गरे ।
सुख्खाक्षेत्रका नागरिकको आर्थिक अवस्था कमजोर भएको भन्दै गाउँपालिकाले योजनाको लागत जनसहभागीत अन्तरर्गत ५० लाख रुपैयाँ जुटाएको थियो ।
योजनाको ९ प्रतिशत जनश्रमदानको ३४ किलोमिटर मध्ये १२ किलोमिटर बितरण लाइनको काममा सहयोग गर्दा समेत समितिले योजना अलपत्र पार्न लागेको गाउँपालिका अध्यक्ष होमनाथ थापा बताए ।
“हामीले यति धेरै सहयोग गर्दा समेत समितिले जनसहभागिता जुटाउँन सकेको छैन् थापाले भने, पटक पटक समितिलाई घचघच्याउँने काम भयो । तर पनि सकृयता देखिएन् अब समितिको निष्कृयतालाई छानविन गरी योजना अघि बढाउँने अबस्थामा पुगेको थापाको भनाइ छ ।








