शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु



शुक्रबार २० , चैत्र २०७७

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताउनुभयो । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Featured News

Advertisement