शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

बागलुङको बडिगाडमा बम विष्फोट हुँदा २ जना गम्भिर घाईते



बिहीबार १९ , चैत्र २०७७

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्न बम निर्माणको क्रममा विष्फोट हुँदा दुई जना गम्भिर घाइते भएका छन् । 

गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२, सिमलचौरका ३१ वर्षीय मित्र बहादुर राना र बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीयका अरुण पुन घाइते भएको र उनिहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए ।

स्थानिय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् । घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी उपरिक्षक पल्लीसहितको टोली घटनास्थलमा पुगेको छ ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज मल्ल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । घटनास्थलवाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाईलगायतका सामाग्री प्रहरीले बरामद गरेको छ ।

via : dharatalonline

Featured News

Advertisement