दोलखाको देउरालीमा बोलेरो दुर्घटना
शुक्रबार
२४ ,
कार्तिक
२०८०
Tamor Khabar
414
दोलखाको देउरालीमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मेलुङ गाउँपालिका ७ का २५ वर्षीय सुजन मगरको मृत्यु भएको हो । कालिञ्चोकबाट चरिकोटतर्फ आउँदै गरेको बा २१ च ८२६८ नम्बरको बोलेरो देउरालीमा सवा ४ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








