कोशीमा बेपत्ता भएका तीनमध्ये एकको शव भेटियो, २ जनाको खोजी जारी
बुधबार
६ ,
बैशाख
२०८०
Tamor Khabar
342
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरीको नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो ।
साथै अन्य दुई जनाको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।








