राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरे संसद सचिवालयको गाडी
मंगलवार
५ ,
बैशाख
२०८०
Tamor Khabar
384
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।
२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित उनले गाडी फिर्ता नगरेको समाचार अनलाइनखबरमा आएकै दिन संसद सचिवालयमा गाडी फिर्ता पठाएका हुन् ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’
तर, व्यावहारिक रुपमा गाडी फिर्ताका लागि संघीय संसद सचिवालयले १५ दिनसम्म समय दिने गरेको कर्मचारीहरूले बताएका छन् ।
पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिनपछि वैशाख ५ गते गाडी फिर्ता आएको सूचना जारी गरेको छ ।








