सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

बारा–२ मा जसपा, एमाले र जनमतसहित १७ जनाको उम्मेदवारी दर्ता



सोमबार २० , चैत्र २०७९

काठमाडौँ — बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गरिएको छ । जसअन्तर्गत जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

साथै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

Featured News

Advertisement