सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

उपनिर्वाचनमा कांग्रेसबाट तनहुँ र चितवनमा खटिए दुई महामन्त्री



आईतवार १९ , चैत्र २०७९

काठमाडौँ — नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ । उपनिर्वाचन हुने तनहुँ–१ मा महामन्त्री गगन थापा र चितवन–२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो ।

उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले बारा–२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

सोमबार चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समेत सहभागी हुने नेताहरुले जनाएका छन् ।

Featured News

Advertisement