आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

तमु समाज ओमनको आठौं बार्षिकउत्सव एवं रिहि चम्ही स्योकैं सम्पन्न



सोमबार ६ , चैत्र २०७९

काठमाडौं । तमु समाज ओमनको आठौं बार्षिकउत्सव एवं रिहि चम्ही (छोरी चेली) स्योकैं (भोज) सम्पन्न भएको छ । 

उक्त कार्यक्रम ओमानको राजधानी मस्कटको अलखुद राउण्ड बोर्ड नजिक सेण्डि फार्म हाउसमा पारिवारिक रुपमा भब्यताका साथ सम्पन्न भएको होे । समाजका अध्यक्ष पूर्ण तमुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजका प्रमुख संरक्षक तमु थिए । अतिथिहरुमा प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष मादी तमुस्यो, सल्लाहकार चेतकुमार तमु, सल्लाहकार गोबिन्द तमु, सल्लाहकार पूर्ण तमु “ख“ लगायत समाजका शुभचिन्तक एवं सहयोगी ब्यक्तित्वहरु गणेश राई, पुजा लावती राई, सन्तोष कटुुवाललगायतको उपस्थिति थियो । 

कार्यक्रमलाई समाजका अग्रज ब्यक्तित्वहरुले कलशमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा तमु समाज ओमान स्थापना भएको आठौं बर्षगाठको पावन सुखद अवसरमा दियोमा ज्योती बाली संयुक्त रुपमा केक काटेर सबैमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा चेलीहरुको तर्फबाट दाजुभाइहरुलाई श्रद्धा र सम्मान स्वरुपः सु– स्वास्थ्य र दिर्घायुको कामना सहित फेटा र माला लगाई दिएको थियो । कोशेली स्वरुपः फलफुल, रोटि, अचार र रक्सी ( मद्यपान स्वास्थ्यका लागि हानिकारक छ) प्रदान गरेका थिए । 

दाजुभाइहरुको तर्फबाट चेलीहरुलाई मिष्ठान्न खानाको परिकार तयार गरि, माया र सम्मान स्वरुपः क्रमु (पछयौरा) र सम्मान पत्र प्रदान गरिएको थियो । चेलीहरुलाई मनोरञ्जनका लागि मनोरञ्जनात्मक खेलको आयोजना गरि बिजेता चेलिहरुलाई सम्झना स्वरुपः आकर्षक पुरुस्कार बितरण गरिएको समाजका प्रचार विभाग प्रमुख होम तमुले जानकारी दिए । 

कार्यक्रममा अध्यक्ष पूर्ण तमु, प्रमुख अतिथी एवं प्रमुख संरक्षक प्रेम तमु र अतिथी एवं समाजका प्रमुख सल्लाहकार मादी तमुस्योले समाजका दाजुभाई तथा दिदिबहिनीहरुलाई मौलिक भेष–भुषा, भाषा, धर्म, कला र संस्कृतिबारे प्रष्ट पार्दै समाजको महत्व र कार्यक्रमको उद्धेश्यबारे प्रेरणा युक्त बिचारहरु ब्यक्त गरेका थिए । 
कार्यक्रममा स्वागत नृत्य समाजका सांस्कृतिक बिभागका संयोजक दिल सुब्बा तमु र सांस्कृतिक बिभागका उप–संयोजक उमा तमुस्योले गुरुङ गीतमा प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य समाजका सहकोषाध्यक्ष मनोज तमुले दिएका थिए । कार्यक्रमको संचालन महासचिब निशेक तमुले गरेको प्रचार विभाग प्रमुख होम तमुले जानकारी दिए । 

Featured News

Advertisement