मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

ललितपुरको चापागाउँमा ३ सय वर्ष पुरानो २ बुद्ध मूर्ति चोरी



बिहीबार २ , चैत्र २०७९

ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ ।

चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको स्थानीय राजाराम श्रेष्ठले बताए ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको श्रेष्ठको भनाइ छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले फेला पारेका छन् । यो चैत्य इस्वी संवत् ८२५ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ । काठमाण्डौं उपत्यका अपराध अनुशन्धान शाखाबाट अनुशन्धानको काम भएको छ ।

Featured News

Advertisement