मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

२३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने



सोमबार २९ , फाल्गुन २०७९

२३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् ।

समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो । कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ ।

२३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

विकास निर्माण सेवा, विजनेस नेपाल कन्सल्टेन्सी, राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र बाँकीलाई दुई, साढे एक र एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।

Featured News

Advertisement