मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

तेह्रथुमको छातेढुंगामा भीषण आगलागी, ४ घर नष्ट



आईतवार २८ , फाल्गुन २०७९

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगास्थित होडा बस्तीमा आगलागी हुँदा ४ घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिए ।

आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् । आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रण गर्न सकीएको छैन । बस्तीको बीचबीचमा जंगल रहेको र बेगले हावा चलिहरेकाले आगो नियन्त्रणमा कठिनाइ भएको वडाध्यक्ष ओलीले जानकारी दिए । 

आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रारम्भीक अनुमान छ । दुई दिनअघि पनि छातेढुंगाकै अकबरे चोकमा आगलागी हुँदा एक घर जलेको थियो । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा बस्तीका घरमा पनि आगो सल्किने गरेको छ ।

Featured News

Advertisement