मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

रामचन्द्रलाई बधाई दिँदै गगनले भने: नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं



शुक्रबार २६ , फाल्गुन २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई सन्देशमा भनेका छन् ।

पौडेल वर्तमान व्यवस्थाका निम्ति लामो संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउने अपेक्षा थापाले गरेका छन् । ‘संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ,’ थापाले भने । राष्ट्राध्यक्षको नाममा विगतमा भएको अनावश्यक तडक–भडक नहुने थापाले राष्ट्रपति पौडेलसँग अपेक्षा गरेका छन् ।

Featured News

Advertisement