शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त



शनिबार १४ , चैत्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले जोशीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भन्नुभएको छ, “लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्नु भएकोे थियो ।” पूर्वमन्त्री तथा संविधानसभा सदस्य जोशीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको थियो । विसं २०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहनुभएका जोशी २०७३ सालमा मन्त्रीसमेत हुनुभएको थियो ।

Featured News

Advertisement